आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाका पिता हिरालालको ८६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । केडिया अर्गनाईजेशन नेपालका अध्यक्ष समेत रहेका स्व. हिरालालका रमेश, सुरेश, राजेश र विमल गरी ४ छोरा रहेका छन् । उनीहरुको ईन्दुशंकर बाहेक मैदा, चक्की आँटा, डाल्ला घ्यू, सिमेन्ट उद्योग लगायतमा लगानी रहेको छ भने शिक्षा क्षेत्रमा समेत डीएभी कलेज संचालन गरिरहेका छन् । स्व. हिरालाल नेपाल सरकारको विभिन्न मानपदवीबाट समेत विभूषित छन् ।
हिरालालको शव काठमाडौबाट राती नै वीरगंज ल्याईएको छ । बुधबार दिउँसो सर्लाही र रौतहटको सिमा बागमती नदी किनारमा स्व. हिरालालको पार्थिव शरिरको दाहसंस्कार गर्ने तयारी भईरहेको ईन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।