आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको कबिलासीमा लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।
पक्रउ पर्नेमा कबिलासी नगरपालिका वडा नं. २ का ३० वर्षीय संजय कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंगलवार जिल्लाको हरिवन नगरपालिका–११ कुश्वाहा मेडिकल नजिक पुर्व पश्चिम लोक मार्गमा खटेको प्रहरीको चेकिङ टोलीले ना १४ प ७७३० नम्बरको मोटरसाइकल चेकजाँच गर्र्दा लागुऔषध नाइट्रोभेट १५ पत्तामा ३०० पिस बरामद भएको प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
संजयको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।