मधेश सरकारले खरिद गरेको बस विभिन्न संघ संस्थालाई दिने निर्णय

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुर

मधेश प्रदेश सरकारले खरिद गरेको पाँच वटा बस खरिद गरेको डेढ वर्षभन्दा बढी समय बितिसकेपछि प्रदेश सरकार बस नचलाउने निर्णय गरेको छ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश भित्र सञ्चालनकालागी खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउन दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

मन्त्रीपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १÷१ वटा बस दिने निर्णय गरेको जनाएको छ ।