मरनी देवी मटिहानी नगरपालिकाद्वारा सम्मानित

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
१ सय १२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मटिहानी नगरपालिकाले मरनी देवीलाई सम्मान गरेको छ ।

मटिहानी– ९ सिमरदहीकी मरनी देवीलाई मंगलवार सम्मान गरिएको हो । २०५८ सालमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाई कटपिट गरी गम्भीर घाइते बनाइएकी मरनीलाई नगरपालिकाले दोसल्ला र ५० हजार नगद सहित सम्मान गरेको छ ।

मटिहानी नगरपालिकाका उप–प्रमुख शिवो देवी साहको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, कार्यपालिका सदस्यज्युहरु, महिला वड़ा सदस्यज्यूहरु, ओरेक नेपालका लीला दयाली लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।