आज्ञा सम्वाददाता
जिल्ला नेतृत्व छनोट गर्न नेपाली कांग्रेस सर्लाहीको सोमबार मतदान हुँदै छ ।
सर्लाहीको नेतृत्व लिन संस्थापन र इतरपक्ष प्यानल नै बनाएर प्रतिस्पर्धामा छन । दुवै पक्षले शनिबार जिल्ला कार्यसमितिका लागि प्यानल बनाएर मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्तापछि दुवै पक्ष मतदातालाई
आफ्नो पक्षमा ल्याउन प्रचारप्रसारमा जुटेका छन् । जिल्ला सभापतिका लागि पूर्वजिल्ला सभापति लक्ष्मण राय र वर्तमान उपसभापति सुरेन्द्र सिंह चुनावी मैदानमा उत्रीएका हुँन । कोइराला पक्षका रायलाई जिल्ला तहका नेताहरू विनोद खनाल, बलिराम झा, हरेश महतोलगायतको समर्थन रहेको छ । संस्थापन पक्षका सिंहलाई वर्तमान सभापति नागेन्द्रकुमार राय र नेता जंगीलाल रायको समर्थन रहेको छ ।
प्रतिस्पर्धामा रहेका दुवै जनाले आ–आफ्नो पक्षले जित्ने दाबी गरिरहेका छन । इतरपक्षले कांग्रेसको सैद्धान्तिक मत आफूहरूसँग रहेको दाबी गरेको छ भने सिंह पक्षले युवाहरू आफ्नो पक्षमा रहेको दाबी गरेको छ । ‘ सर्लाहीमा ७ पदाधिकारीसहित ९३ पदका लागि हुने निर्वाचनमा ३ हजार २ सय ८५ मतदाता छन । सोमबार बिहान ९ देखि साँझ ५ बजेसम्म मलंगवास्थित पब्लिक माविमा मतदान हुने समिति सहसंयोजक धीरेन्द्र चौधरीले जानकारी दिए ।
सर्लाही
जिल्ला नेतृत्व छनोट गर्न नेपाली कांग्रेस सर्लाहीको मतदान हुँदै

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech