आज्ञासम्बाददाता
सिरहा
सिरहामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।सामाजिक सञ्जाल फेसबुकमा प्रेममा परेर मन्दिरमा विवाह गरेका युवकले अर्को विहे गर्नका लागि पहिलो श्रीमतीको हत्या गरेका छन् ।प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ७ का २३ वर्षीय अमर राउतलाई २२ वर्षीया श्रीमती पुजा सिंह भन्ने पुजा कुमारी पोदारको हत्या गरेको आरोपमा पक्राउ गरेका छन् ।
गत मंगलवार कर्जन्हा नगरपालिका वडा नं. ७ स्थित कमला नदि किनारको बाँस घारीमा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं. २० जैशिदेवलकी २२ वर्षीया पुजाको शव फेला परेको थियो ।
यस घटनाको अनुसन्धानको क्रममा मृतककी श्रीमान अमरलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
फेसबुकमा प्रेममा परेर विवाह गरेका युवकले घर परिवारलाई मनाउन आएकोमा अमरकै सहमतीमा असन्तुष्ट परिवारले धनुषाकी युवतीसँग अर्को विवाह तय गरेका थिए । तर पुजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले आफ्नो साथीहरुसँग मिलेर पुजाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस घटनामा अमर पक्राउ परेपनि अन्य संलग्न व्यक्तिाहरु अहिले फरार रहेका छन् । फरारहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।