आज्ञा सम्वाददाता
सर्लाही
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित कालिन्जोर पुलबाट पूर्वतर्फ आज बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
राजमार्गमा हिँडेका मानिसहरुले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतकको टाउको र घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
जिल्लाबाट घटनास्थलमा फरेन्सिक टोलीे र प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर शवको अनुसन्धानगर्न मगाइएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए । फेला परेको शवको परिचय खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।