पर्साबाट ५ किलो गाँजासहित दुई भारतीय पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
पर्सा
पर्साबाट सशस्त्र प्रहरीले ५ किलो अवैध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारण सोनखर पञ्चायत १३ रामनगर बस्ने वर्ष २९ का संदिप पटेल र वर्ष २५ का प्रेम पटेल रहेका छन् । बी.आर. ०६ यू.५८७३ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढी भारत तर्फ लैजाँदै गरेको अवस्थामा शनिबार राति साढे ८ बजे पर्साको ठोरी गाउँपालिका ३ सिकारीबास स्थित नेपाल भारत सीमा क्षेत्रबाट पाँच किलो गाँजासहित दुबैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए ।
प्रहरीका अनुसार दुबैजनाको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ पनि बरामद भएको छ ।

दुैबैजनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीलाई जिम्मा लगाइएको जनाएको छ ।