आज्ञा सम्वाददाता
धनुषा
जनकपुरधाममा शनिबार राति एक युवकलाई गोली हानिएको छ ।
पेस्तोलको गोलीबाट धनुषाको कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिबपुरस्थित मामा भोगी मुखियाको घरमा संचालन गरिएको किराना पसलमा ५।६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी मुकेशमाथि गोली हानिएको प्रहरीले जनाएको छ ।
गोली चिउँडोमा लागेर मुखियाको घाँटीमा गएर अड्किएको छ । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली हानेर भाग्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको बताईएको छ ।