आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको मटिहानी नगरपालिकाले आइतवार सार्वजनिक बिदा दिइएको छ ।
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएपछि यात्रीको स्वागतगर्न आईतबार सार्वजनिक विदा दिइएको हो ।
मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आईतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरभर सार्वजनिक विदा दिएको नगरप्रमुख हरप्रसाद मण्डलले जानकारी दिए । उनका अनुसार विदाका दिन विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने छ ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा धनुषाको कचुरीबाट डोलासहित परिक्रमा गर्नेयात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरु फुलहर पुगेका छन् ।