सृष्टि क्षेत्री
बर्दिवास
आफ्नो सांस्कृतिक परम्परा र सम्पदाको संरक्षण , प्रवर्द्धनमा कृयाशिल आदिवासी जनजाति महासंघ महोत्तरीले महोत्तरीको बर्दिवासमा यहि फागुण २६ गत्ते देखी चैत्र ६ गत्ते सम्म तेश्रो आदिवासी जनजाति महोत्सवको आयोजना गर्ने भएको छ ।
बर्दिवास स्थित वडा नम्बर १ मा आयोजना गरिने महोत्सवमा महोत्तरीमा बसोवास गर्ने जनजाती भित्रका ७ जातीले आ(आफ्नो मौलिक परम्परा,संस्कृति,भेषभुसा र खाद्य परिकारको प्रदर्शन गर्ने आदिवासी जनजाति महासंघ महोत्तरीका अध्यक्ष सन्तराज मोक्तानले बताए । आधुनिकता संगै संकटमा पर्दै गएको आदिवासी जनजातीका सांस्कृतीलाई संरक्षण र प्रवर्द्धन गर्नका निम्ति महोत्तरी जिल्लाबाटै पहल गरिएको समेत मोक्तानले जानकारी दिए ।
महोत्सवमा जनजातिका परम्परागत धर्म(संस्कृति र झाँकिको प्रदर्शन गरिने महोत्सव आयोजक समितिले जनाएको छ ।
मेलामा १ सय ५० स्टल राखिने छ। जस्मा ९ वटा स्टल आदिवासी जनजातीका बिबिध प्रयोजनकालागि छुट्याईएको बताईएको छ। महोत्सव अबलोकन गर्न चाहनेले रु ६० को दरले टिकट काटेर अबलोकन गर्न सक्ने छन । मेलामा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुले कला प्रर्दशनगर्नुकाे साथै करीब ६० हजार दर्शकले अवलोकन गर्ने छन।
३५ लाखको लागत र ४२ लाख आम्दानी लक्ष्य राखिएको महोत्सवमा शनिबार बिद्यार्थीलाई ५० प्रतिशत छुट र जेष्ठ नागरिकलाई निशुल्क अबलोकनको ब्यवस्था मिलाईएको छ।