फिल्म निर्माणमा सहकार्य गर्दै नीर शाह र तुलसी घिमिरे

[sharethis-inline-buttons]

आज्ञा सम्बादाता  
काठमाडौं ।

दुई वरिष्ठ फिल्म निर्माता तथा निर्देशक नीर शाह र तुलसी घिमिरेले एक अन्तर्राष्ट्रिय फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । घिमिरेले निर्देशन गर्ने फिल्मको निर्माणमा नीर शाह फिल्म्स र घिमिरेकै प्रोडक्सन कम्पनीले सहकार्य गर्ने टुंगो लागेको छ ।यसैसाता राजधानीमा आयोजित निफ फिल्म फेस्टिभलको पत्रकार सम्मेलनमा शाह र घिमिरेले आफूहरुले सहकार्य गर्न लागेको खुलासा गरेका हुन् । दुवै जनालाई फिल्म निर्माणमा यथार्थवादी स्कुलको प्रवर्द्धन गर्ने अभियन्ताको रुपमा समेत लिइन्छ ।

‘उस्तै विचारधारा मिल्ने हामी दुईजना मिलेर फिल्म उद्योगलाई तताउने जमर्को गरेका हौं,’ शाहले अनलाइनखबरसँग भने, ‘हामी झगडामा मात्र रमायौं । उदेकलाग्दो परिस्थिति बन्यो । यो माहोलमा सिर्जनात्मक कामलाई पनि अघि बढाउने उद्देश्यले सहकार्य गर्न लागेका हौं ।’
अन्तर्राष्ट्रिय प्रोजेक्ट बताइएको यो फिल्मलाई घिमिरेले निर्देशन गर्नेछन् भने शाहको कम्पनी निर्माताको रुपमा हुनेछ । ओस्कार अवार्डमा मनोनित ‘हिमालयः क्याराभान’ फिल्म पनि नीर शाह फिल्म्सकै ब्यानरमा निर्माण भएको थियो ।

‘हामीले बनाउन लागेको फिल्म कलात्मक अभिव्यक्ति गर्ने क्लासिक पनि हुनेछ । यसका आफ्नै खाले दर्शक पनि छन्,’ शाहले भने ।फिल्मको विषयवस्तु घिमिरेकै शैलीसँग मिल्ने भएकाले पनि उहाँले नै निर्देशन गर्नुहुनेछ,’ शाहले जनाए ।अहिले स्क्रिप्ट लेखनकै चरणमा रहेको प्रोजेक्टले आगामी दुई सातासम्म आकार लिने समेत शाहले जनाए ।निर्देशक घिमिरेले पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले शाह र आफूले सहकार्य गर्न लागेको बताए ।अनलाइन खब