सप्तरीमा करेन्ट लागेर साहको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सप्तरी
सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढाका ४२ वर्षीय महादेव साह रहेकोे प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पटााउने क्रममा अचानक साहलाई करेन्ट लालेको थियो ।

करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सिरहाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।