निर्वाचन आयोगले १ लाख १० हजार कर्मचारीको दुर्घटना बिमा गर्ने

[sharethis-inline-buttons]

आज्ञा खबर सम्वाददाता
काठमाडौ

निर्वाचन आयोगले स्थानिय निर्वाचन तथा मतगणनामा खटिने पदाधिकारीदेखि कर्मचारी सहितको गरी २० लाख रकमको सामूहिक दुर्घटना बिमा गर्न प्रस्ताव आह्वान गरेको छ । आयोगले सो रकम अन्तरगत १ लाख १० हजार ७ सय १३ जनाको सामूहिक दुर्घटना बिमा गर्न लागेको हो ।
बिमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा कम्पनीमार्फत बिमा गर्नेछ । ५० प्रतिशतभन्दा बढी स्वदेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।
आयोगका अनुसार ९ सय जनाको १ सय ४ दिनको बिमा हुँदैछ । जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) पर्छन् ।
त्यस्तै, ६ हजार ७ सय ७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बिमा हुनेछ । उनीहरूको बिमा भने ७० दिनको हुनेछ ।
९४ हजार कर्मचारीको १५ दिने बिमा मात्र हुनेछ । जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन् । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बिमा हुनेछ ।