देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने

[sharethis-inline-buttons]

 

सृष्टि क्षेत्री

बर्दिवास

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
त्यसैगरी अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ साथै सुदुर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो ः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राती ः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौषम पुर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।