‘यात्रु बिनाको रेल कहिले सम्म चल्छ ’

[sharethis-inline-buttons]

जनकपुरधाम । कुर्था– जनयनर रेल सेवा गत फागुन १ गतेदेखि नियमित रुपमा बिना यात्रु संचालन हुँदै आएको छ । तर यात्रुसहित कहिलेदेखि संचालन हुने सबैको चासोको विषय बनेको छ ।

लामो समयदेखि धनुषासहित आम नेपाली जनता रेल संचालनको पर्खाइमा रहेको भए पनि नेपाल सरकारले रेल संचालनमा चासो नदेखाएको सर्वसधारण जनताले आरोप लगाउंदै आएका छन् । पहिला कर्मचारी, ऐनको अभाव देखाएर रेल संचालनमा समय थपिदै आएका नेपाल सरकारलाई अब रेल संचालन नगर्ने कुनै आधार नरहेको अवस्थामा पनि रेल उद्घाटनको समय अहिले सम्म नतोक्नुले सरकारको मानसिकता प्रष्ट हुँदै गएको सर्वसाधारणको भनाई छ । जनकपुरधाम उपमहनगरपालिका–१ का शंकर साहले भने,‘ पटक पटक रेल संचालनको समय दिए पनि संचालन हुन सकेन । पछिल्लो समय एक सातादेखि रेल नियमित रुपमा संचालन भएपछि केही आशा भन्ने पलाएको छ । तर एक साता भईसक्दा पनि नेपाल र भारत सरकारबाट रेल उद्घाटनको मिति नतोकिंदा अहिले पनि विश्वस्त हुने अवस्थामा पुग्न सकेका छैनौ ।’ यता नेपाल रेल्वेको न्यारोगेजका वहुमूल्य कोईलाबाट सञ्चालन हुने इन्जिनहरुको उचित संरक्षणको अभावमा कवाडमा परिणत हुँदै गएको छ । नेपालले ती इन्जिनहरुको संरक्षणको लागि १७ वटा कर्मचारी खटाए पनि कर्मचारीहरुको लापावहीको कारण अर्बो मूल्य बराबरको सम्पत्ति घाम र पानीले खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ ।

नेपाल रेल्वेको कारखानामा थन्काईएको ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ,पशुपतिनाथ, महावीर लगायतका नाम दिएको उक्त संरक्षणको पर्खाइमा रहेको छ । विश्वमा कतै नभएको कोईलाबाट चल्ने रेलको इन्जिन २०३९ सालमा जनकपुरमा आएका वेलायतका एक रेल कम्पनीका मालिक उक्त इन्जिन माग गरेपछि त्यसको महत्वबारे नेपाली जनताले बुझेका थिए । त्यसपछि स्थानीय जनताकै आग्रहमा सरकारले वेलायतलाई ती इन्जिन दिन अस्वीकार गरे । तत्कालीन सरकारले आफै म्युजियम(संग्रहालय) बनाउने बताउँदै ती इन्जिन दिन अस्वीकार गरेको स्थानीय वुद्धिजीवीहरुको भनाई छ । यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले संघीय सरकारसँग नेपाल रेल्वे कम्पनीले ४५ करोड माग गरेकोमा मात्रै २१ करोड रुपैयाँ दिएकोले तत्काल रेलका पुरना इन्जिनहरुको संरक्षणकालागि संग्रहालय बनाउन नसकिएको बताए । ‘म भन्दा पहिलाका महाप्रबन्धकले त्यसको बजेट माग गर्न सकेनन्, उनले भने,‘ तर आफूहरुले ४५ करोड माग्दा २१ करोड मात्रै पाए,त्यसैले तत्काल त्यसको काम हुन सकेको छैन । तर मन्त्रालयले पुराना ईन्जिनहरुको संरक्षणको लागि संग्रहालय निर्माण गर्न थप बजेट विनियोजन गरिने आश्वासन दिएको छ ।’
साभार: जनकपुर टुडे