एमसीसी विरुद्ध बर्दिबासमा राँके जुलुस

[sharethis-inline-buttons]

महोत्तरी 

महोत्तरीमा माओवादी केन्द्र निकट भातृ संगठनले एमसीसी विरुद्ध बुधबार बेलुकी राँके जुलुस प्रदर्शन गरेका छन्।
आज टेबुल हुने कार्य तालिकाबाट सरकार पछि हटे पनि केही दलहरू एमसीसी पास गराउने षड्यन्त्रमा लागि रहेको भन्दै जिल्लाको बर्दिबास सहरमा वाइसिएलले राँके जुलुस निकालेको हो।

वाइसेल नेपालका प्रदेश इन्चार्ज शङ्कर महतोले एमसीसी पास गराउन सरकार लागि परेको बताउँदै त्यसविरुद्ध थप आन्दोलित बन्ने चेतावनी दिएका छन्।राँके जुलुसलाई नियन्त्रण गर्ने क्रममा केहीबेर प्रहरी र वाइसेल कार्यकर्ताबीच झडपसमेत भएको थियो। एमसीसीको आँखा नेपालका प्राकृतिक सम्पदामा परेको बताउँदै इन्चार्ज महतोले ज्यान गए पनि यसको प्रतिवाद गर्ने बताएका छन्। शिरिष न्युज