आज्ञा सम्वाददाता
काठमाडौ
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताले (एमसीसी)विरुद्ध कीर्तिपुरमा प्रदर्शन गरेका छन् । शनिबार दिउँसो पाङ्गा दोबाटोमा कीर्तिपुर नगर कमिटीमा आबद्ध नेता–कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सत्ता गठबन्धनभित्रै रहेका पाँच दलमा पनि एमसीसीको विषयमा एक मत छैन ।सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस एमसीसीको पक्षमा छ भने साझेदारहरू नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा यथास्थितिमा पारित गर्न नहुने अडानमा छन् । जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई समूह भने एमसीसीको पक्षमा छ ।