आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीमा शनिबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ अर्का एक जना गम्भिर घाईते भएका छन् । बागमती नगरपालिका ८ का २५ वर्षीय रामु महतोको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
बागमती–२ का कुमार परियारको घरको छत ढलानगर्न रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर घाईते भएका उनलाई अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
त्यस्तै करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार स्थानिय अस्पतालमा भइरहेको बताईएको छ ।