महोत्तरीको पिपरा गाउँपालिकाका वडाअध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले महोत्तरीको पिपरा गाउँपालिकाका एक वडाअध्यक्षविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बिहिवार पिपरा–५ का वडाअध्यक्ष शम्भुप्रसाद यादवविरूद्ध विशेष अदालत काठमाडौंमा अख्तियार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गाउँपालिकाअन्तर्गतको सहोडवा स्थित सुब्बा पोखरीको ठेक्का कबुलगरी रकम नबुझाएको उजुरीको आधारमा यादवविरूद्ध ३५ लाख २१ हजार २ सय ४ रूपैयाँ विगो राखेर आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

तत्कालीन सहोडवा गाविस कार्यालयले २०७१ भाद्र १ गतेदेखि २०७६ भाद्र मसान्तसम्मका लागि ठेक्का बन्दोबस्त गर्दा सुब्बा पोखरीको ठेक्का यादवले पाएका थिए।

पोखरी हकभोग गरेवापत गाविस कार्यालयलाई बुझाउनुपर्ने रकम यादवले नबुझाएको उजुरीको आधारमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

ठेक्का अवधिका लागि ५४ लाख ६४ हजार ६ रूपैयाँ सकार गरेका यादवले २०७३ माघ ४ सम्म जम्मा १९ लाख ४२ हजार ८०१ मात्र बुझाएको अख्तियारले जनाएको छ।

अख्तियारले वडाअध्यक्षमा निर्वाचित भैसकेपछि यादवले पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाइ आफूलाई गैरकानुनी लाभ पु¥याएको ठहर गर्दै ठेक्का वापतको बाँकी रकम ३५ लाख २१ हजार २०४ रूपैयाँ असुलउपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...