मेयर साहले स्थानीय तह निर्वाचन रोक्न सर्वोच्चमा दिएको रिट निवेदन दर्ता भएन

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
सरकारले घोषणा गरेको निर्वाचनको मितिका कारण आफ्नो ५ वर्षको कार्यकाल घट्ने शाहले दावी गर्दै । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार शाहले स्थानीय तह निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । भंगाहा नगरपालिका–२ घर भएका शाहले दिएको निवेदन दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

तराईका जिल्लामा दोस्रो चरणमा २०७४ असोज ७ मा निर्वाचन भएको थियो । त्यसैले शाहले २०७९ असोज ६ सम्म आफ्नो कार्यकाल रहने दावी गरेका हुन् । सर्वोच्चले आधार नपुगेको भन्दै मेयर शाहको निबेदन दरपीठको निर्णय गरेको छ ।