प्रतिनिधिसभाको बैठक पुन: एक साताको लागि स्थगित

[sharethis-inline-buttons]

काठमाडौं, २५ माघ ।
प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुन: एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख गरिएको छ । स्रोतका अनुसार मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु एकमत नभएकाले प्रतिनिधिसभाको बैठक सारिएको स्रोतको दावी छ । नेकपा माओवादी