आज्ञा सम्वाददाता
जनकपुरधाम
मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नागेन्द्र राय यादवलाई
मुख्यमन्त्री लालबाबु राउतले आज पद ,तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।
प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले राज्यमन्त्री यादवलाई शपथ गराएका हुन्।
प्रदेश सभा सदस्य यादव नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट आइतबार सरकारमा सहभागी भएका हुन्। राज्यमन्त्री बनेका यादव रौतहटका बासिन्दा हुन्।
यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेश सरकारमा सहभागी भइसकेका छन्।