निकेश खनाल,
बर्दिवास : महोत्तरीमा लागुऔषध गाँजा सहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटेको प्रहरी टोलीले गाँजा सहित सिन्धुपालचोक ४ का रमेश राणा मगरलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा वीरगञ्जबाट खटेको प्रहरी टोलीले सिन्धुलीबाट बर्दिबास आउँदै गरको बा ८८ च ३९५५ नम्बरको पिकअपबाट ८५ केजी गाँजा बरामद गरेको बताईएको छ ।
शुक्रवार प्रहरी नायव निरीक्षक तुल प्रसाद पुरासैनीको कमाण्डमा खटेको प्रहरी टोलीले राणालाई गाँजा सहित बर्दिवास ३ स्थित रेडियो नेपालको प्रसारण स्टेसन अगाडीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका राणा इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





































