आठ हजार १७ जनामा कोरोना, १५ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौ
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानए अनुसार २४ घण्टामा २१ हजार ८ सय ८ वटा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पुष्टि भएको छ भने
१५ हजार ७ सय ३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८ सय १६ जनामा र ६ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २ सय १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना कोरोना मुक्त भएका छन् भने १५ जनाको ज्यान भएको छ ।