कलैया नगरपालिका बाराको सबैभन्दा बढी जनसंख्या हुने पालिका

[sharethis-inline-buttons]

बारा
बाराका १६ पालिका मध्ये जिल्लाको सबैभन्दा बढी जनसंख्या कलैया उपमहानगरपालिका भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार

कलैयाको जनसंख्या १ लाख ४१ हजार १ सय ७९ पुगेको छ । जसमा पुरुष ७२ हजार ५सय ४० र महिला ६८ हजार ६ सय ३९ छन् । त्यसैगरी जिल्लाको सबैभन्दा कम जनसंख्या प्रसौनी गाउँपालिकाको रहेको छ । प्रसौनीको जनसंख्या २१ हजार ७ सय ४७ रहेको छ । जसमा पुरुष ११ हजार १सय ४६ र महिला १० हजार ६ सय १ छन् ।

तेस्तै जितपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या १ लाख १९ हजार १ सय ४१ र महागढीमाई नगरपालिकाको ५९ हजार ७ सय ४४ रहेको छ ।

यो संगै बारा जिल्लाको कुल जनसंख्या ७ लाख ४३ हजार ९ सय ७५ रहेको छ । जसमा पुरुष ३ लाख ८० हजार १ सय ९२ र महिला ३ लाख ६३ हजार ७ सय ८३ रहेको छ ।