रौतहट
मधेश बलिदान दिवसलाई सम्बोधन गर्ने क्रममा माघ ५ गत्ते रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ ।
साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले माग गरेका छन् ।
कर्णले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाक मार्फत जाहेरी पठाएका हुन । उनले बिहीबार नै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत पठाएका छन् ।