कंगनाको नजरमा साउथ फिल्म सफल हुनुको तीन कारण

[sharethis-inline-buttons]

आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आउने गरेकी बलिउडकी हक्की अभिनेत्री कंगना रनावतले साउथ फिल्मको कन्टेन्टलाई लिएर आफ्नो धारणा गरेकी छन् । उनले पछिल्लो समय बलिउडभन्दा साउथ इन्डियन फिल्मले भारतसँगै विश्वभर सफलता हासिल गर्नुको कारण पनि बताएकी छन् । बलिउडले साउथबाट कथावस्तुमा केही कुरा सिक्नु पर्ने उनको भनाई छ ।

उनले सोमवार आफ्नो ट्विटर ह्यान्डलमा लेखेकी छन्, ‘साउथ फिल्म र त्यसको कन्टेन्ट राम्रो हुनुको तीन कारण छ । पहिलो, साउथ फिल्म भारतीय परम्परा र संस्कृतिसँग जोडिएको छ । दोस्रो त्यहाँका मानिसहरु आफ्नो परिवार र सम्बन्धलाई वास्तवमै प्रेम गर्छन् र उनीहरु पश्चिमा व्यक्तिहरुको देखासिखी गर्दैनन् । तेस्रो, त्यहाँका मानिसहको प्रोफेसनलिज्म र प्यासन अविश्वनीय रहेको छ ।’

पछिल्लो समय बलिउडमाथि मलायलम, तमिल, तेलुगू, कन्नड भाषाका फिल्म चुनौती बनेको छ । बलिउडका ठूला सुपरस्टारका फिल्मले समेत बक्सअफिसमा कमजोर व्यापार गर्दा ‘बाहुबली, केजीएफ, पुष्पा’ जस्ता साउथ फिल्मले पूरै भारतमा जबरजस्त कमाई गरे । साउथ फिल्मको कन्टेन्ट कति शक्तिशाली छ भन्ने कुरा वर्षौदेखि साउथ फिल्मको हिन्दी रिमेक बन्नुले पनि पुष्टि गर्छ ।