आजदेखि सोह्र श्राद्ध शुरु, जनकपुरधामको गंगासागरमा भिड

[sharethis-inline-buttons]

जनकपुरधाम : आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । हिन्दू धर्ममा पितृको उद्दारका लागि सोह् श्राद्ध गरिन्छ ।

चन्द्रमा अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । सोह् श्राद्धमा प्रतिपदा तिथीदेखि १५ दिन पितृलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा तर्पण र पिण्ड दान गर्ने परम्परा रहेको छ । मिथिलामा आजदेखि जमरे औंसीसम्म १५ दिन नजिकको जलाशयमा गई तर्पण गरेर दिवंगत पितृलाई जल अर्पण गर्ने गरिन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ ।

दिवंगत पितृको सम्झनामो तर्पर्ण जनकपुरधामस्थित पवित्र सरोवर गंगासागरमा आज बिहानैदेखि भिड लागेको छ । गंगासारमा सयौंको संख्यामा रहेका पुरोहितहरुले मन्त्रउच्चारण गरेर तर्पणको सुरुवात गराएका छन् । मन्त्रउच्चारण गरेवापत पुरोहितले दक्षिणा लिने गरेका छन् । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो ।

वैदिक परम्पराअनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने निति उल्लेख छ । यसलाई यसरी बुभ्mदा असोज महिनामा प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथिमा श्राद्ध गर्ने भएकोले सोह् श्राद्ध भनिएको छ । सोह् श्राद्ध समापन गर्ने दिनलाई पार्वण श्राद्ध भनिन्छ ।