बर्दिवासमा विद्यार्थीहरूका लागि करियर सम्बन्धी मार्गदर्शन

निकिता खनाल

बर्दिवास

महोत्तरी जिल्लाको बर्दिवास स्थित श्री देउराली माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई भविष्यको सही व्यावसायिक मार्ग चयन गर्न सहयोग पुर्‍याउने उद्देश्यले “करियर खोज तथा मार्गदर्शन कार्यक्रम” सम्पन्न गरीएको छ।“सही मार्गदर्शन,उज्ज्वल भविष्य” भन्ने मूल नारा सहितआयोजना गरिएको कार्यक्रमको मुख्य ध्येय युवा सशक्तीकरण र सबल समुदाय निर्माण गर्नु हो।

रोटरी क्लब अफ बर्दिवास, रोटर्‍याक्ट क्लब अफ बर्दिवास र बर्दिवास नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री माननीय मनोज कुमार सिंह मुख्य अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई विभिन्न विधा तथा क्षेत्रहरूमा कसरी अवसर खोज्ने, सिक्ने,सही विकल्प छनोट गर्ने र आफ्नो भविष्य निर्माण गर्ने भन्ने विषयमा परामर्श तथा मार्गदर्शन प्रदान गरिएको थियो।

विशेष गरी विज्ञान तथा प्रविधि,स्वास्थ्य तथा चिकित्सा,इन्जिनियरिङ,व्यवसाय तथा व्यवस्थापन,कला तथा मानविकी,प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका विषयहरूमा गहन छलफल तथा परामर्श दिइएको बताईएको छ।

यसैक्रममा कार्यक्रममा बोल्ने वक्ताहरूले करियर मार्गदर्शनले विद्यार्थीहरूलाई आफ्नो रुचि अनुसारको क्षेत्र पहिचान गर्न र आगामी दिनमा सही शैक्षिक तथा व्यावसायिक गन्तब्यको बिषयमा निर्णय लिन ठूलो मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...