बैंकिङ कसुर मुद्दामा बर्दिबास–९ का वडाध्यक्ष पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

प्रहरीका अनुसार महतोलाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार फरार प्रतिवादीको सूचीमा राखिएको थियो। सोही आधारमा प्रहरीले उनलाई बिहिवार बर्दिवास नगरपालिका ९ स्थित उनकोआफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पक्राउ परेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखिएको जानकारी दिँदै बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको बताए।

प्रहरीले मुद्दासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...