पाँच वर्षअघिको गाँजा बरामद प्रकरणका फरार अभियुक्त पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

महोत्तरी

पाँच वर्षअघि ठूलो परिमाणमा गाँजा बरामद भएको घटनामा संलग्न भई फरार रहेका एक प्रतिवादीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–७ का राम सागर दास रहेका छन्। उनी लागुऔषध सम्बन्धी कसूर मुद्दामा लामो समयदेखि फरार सूचीमा रहेका थिए।

प्रहरीका अनुसार २०७८ कात्तिक २८ गते प्राप्त विशेष सूचनाका आधारमा दासको घरमा खानतलासी गर्दा घरभित्र रहेको भुस्सा राख्ने कोठाबाट गहुँको भुस्साले छोपेर लुकाइ राखिएको अवस्थामा ४३ दशमलव ५ किलोग्राम गाँजा बरामद गरिएको थियो। उक्त घटनापछि दास फरार भएका थिए।

घटनासँग सम्बन्धित मुद्दा दर्ता भएलगत्तै उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको भए पनि पक्राउ पर्न सकेका थिएनन्। पछिल्लो समय प्रहरीले विशेष निगरानी तथा खोजी अभियान सञ्चालन गर्दै आएका क्रममा उनलाई जेठ २० गते नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार पक्राउ परेका दासमाथि थप अनुसन्धान अगाडि बढाउन महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

प्रहरीले हाल लागुऔषध सम्बन्धी कसूर अन्तर्गत उनीमाथि आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...