मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार : ६ मन्त्री नियुक्त, आजै शपथ

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मधेश प्रदेशका मुख्य मन्त्री कृष्णप्रसाद यादव को सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्। नियुक्तिसँगै नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

मन्त्रिपरिषद् विस्तारअन्तर्गत अर्थ मन्त्रालयको जिम्मेवारी युवराज भट्टराई लाई दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद समिर नियुक्त भएका छन् भने श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी शारदादेवी थापा ले सम्हाल्ने भएकी छन्।

त्यसैगरी युवा तथा समाज कल्याण मन्त्रालयमा लखनदास तथा शिक्षा तथा संस्कृति मन्त्रालयमा मनोज सिंह नियुक्त भएका छन्।

यता स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नगेन्द्र शाह लाई दिइएको छ। यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका जंगीलाल राय लाई सरकारबाट हटाइएको छ।

नयाँ नियुक्तिसँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने दिशामा अर्को कदम अघि बढेको बताइएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...