आज्ञा खबर
बर्दिवास
महोत्तरीको जलेश्वरमा सोमबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ निवासी ७५ वर्षीय चन्देश्वर साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार मटिहानीबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर–२ स्थित मटिहानी चोकमा पैदलयात्री साहलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।






