माधव पौडेल
वर्दिबास
कमला–ढल्केवर–पथलैया सडक योजना (पूर्वी खण्ड) र SWEG–RCC Jv\ Lot–2 को सहयोग तथा बर्दिबास आँखा अस्पताल बर्दिबासको प्राविधिक सहकार्यमा बर्दिबासस्थित शिव मन्दिर प्राङ्गण, औरही रोडमा सञ्चालन गरिएको एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा कुल १४६ जना सेवाग्राहीले आँखा परीक्षण गराएका थिए । परीक्षण गराउनेमध्ये ४२ जना महिला तथा १०४ जना पुरुष रहेका आयोजकले जनाएको छ ।
शिविरमा अनुभवी नेत्र विशेषज्ञ डा. चन्दन कुमार सिन्हा ले सेवाग्राहीहरूको आँखाको जाँच तथा परामर्श प्रदान गरेका थिए। बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन भएको शिविरमा विभिन्न उमेर समूहका स्थानीय बासिन्दाले सहभागिता जनाएका थिए । जाँच गरीएका मध्ये अधिंकाशको सुख्खा आखाँ भएकोले सो सम्वन्धि औषधि सिफारीस गरीएको थियो ।
शिविरमार्फत आँखासम्बन्धी समस्याको प्रारम्भिक पहिचान, आवश्यक परामर्श तथा थप उपचार आवश्यक भएका बिरामीलाई अस्पतालमा सम्पर्क गर्न सुझाव दिइएको थियो । स्थानीय वडावासी विन्दा पोखरेलले घर नजिकै विशेषज्ञ सेवा प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिईन ।
आयोजक संस्थाले यस्ता स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमले समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।






