मुख्य मन्त्री यादवलाई विश्वासको मत प्राप्त

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका हालका मुख्य मन्त्री कृष्ण प्रसाद यादव ले दोस्रोपटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सत्तासाझेदार जनमत पार्टी सरकारबाट बाहिरिएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाउन आग्रह गरेका थिए।

सोही अनुरोधअनुसार बसेको मधेस प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्दा उपस्थित १०० सांसद मध्ये ६२ जनाले समर्थन जनाएका छन भने ३६ जनाले विपक्षमा मत दिएका छन्। आवश्यक बहुमतभन्दा बढी समर्थन प्राप्त गरेसँगै उनले प्रदेश सभाको विश्वास कायम राख्न सफल भएका हुन्।

मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी तथा नेपाल संघीय समाजवादी पार्टी का सांसदले मत दिएका थिए। यता जनमत पार्टी, जसपा नेपाल र राप्रपा ले भने सरकारविरुद्ध मतदान गरेका थिए।

विश्वासको मतसम्बन्धी प्रक्रिया सम्पन्न भएपछि प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...