आज्ञा खबर
हरीवन
सर्लाहीको भरत ताल’ बागमती माछा पोखरी छेउमा मानव कङ्काल फेला परेको छ ।
बागमती नगरपालिका१२ स्थित भरत तालदेखि उत्तर ढुङ्गा गिट्टी थुपारिएको स्थानमा कङ्काल बनिसकेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मंगलबार दिउँसो स्थानीय घाँस काटन जानेहरुले मानव जस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
टाउको छुट्टिएको र शरिर पनि पूर्ण रुपले क्षतविक्षत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको कपडाहरु हेर्दाचाँही पुरुषको शव हुन सक्ने अनुमान गरिएको छ ।
शव पोष्टमार्टमका लागि मंगलबार साँझ नै सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले बताएको छ।





































