कांग्रेस सभापति गगन थापा सर्लाही आउँदै

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाही

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आगामी बुधबार सर्लाही आउने कार्यक्रम तय भएको छ। पार्टीले देशभर सञ्चालन गरिरहेको ‘जरा अभियान’ अन्तर्गत सर्लाही–४ का मतदातालाई धन्यवाद ज्ञापन गर्न उ नको भ्रमण हुन लागेको हो।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिका अनुसार सर्लाहीको धनकौल बजारमा आयोजना हुने विशेष कार्यक्रममा थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उक्त कार्यक्रममा निर्वाचन क्षेत्रका मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै पार्टी सुदृढीकरणका विषयमा समेत छलफल हुने जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट पराजित भएपछि थापा पहिलोपटक त्यस क्षेत्रमा आउन लागेका हुन्। यसअघि पनि मतदातालाई भेट्न आउने योजना बनाइए तापनि पार्टीका केन्द्रीय जिम्मेवारी र व्यस्त कार्यतालिकाका कारण भ्रमण स्थगित हुँदै आएको नेपाली कांग्रेस सर्लाहीले जानकारी दिएको छ।

यस पटकको भ्रमणलाई स्थानीय स्तरमा संगठन सुदृढीकरण र कार्यकर्तासँग प्रत्यक्ष संवादको अवसरका रूपमा हेरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...