महोत्तरी क्षेत्र नं. १ मा कांग्रेसको चुनावी तयारी तीव्र १६३ सदस्यीय प्रचार–प्रसार मूल समिति गठन

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत हुने आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले चुनावी गतिविधि तीव्र पारेको छ । क्षेत्रका कांग्रेस उम्मेदवार डा. मुकेश राज काफ्लेलाई जिताउन पार्टिका क्षेत्रीय सभापति महेश झाको संयोजकत्वमा १६३ सदस्यीय चुनाव प्रचार–प्रसार मूल समिति गठन गरीएको छ ।
गठित मूल समितिमा पार्टीका अनुभवी नेता चिरन्जीवी हमाल, प्रहलाद कुमार क्षेत्री, कल्याण गूरुङ्ग, सिताराम भण्डारी, पोषण थापा, युवराज पोखरेल, राधेश्याम भगत, गंगा राउत लगाएतका कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न तहका जनप्रतिनिधिहरूलाई समेटिएको जनाइएको छ । समितिले आगामी दिनमा क्षेत्रभर घरदैलो कार्यक्रम, जनसभा, कोणसभा, मतदाता भेटघाट तथा संगठन विस्तारका कार्यक्रम सञ्चालन गर्नेछ ।
उम्मेदवार डा. काफ्लेले मूल समिति गठनपछि प्रतिक्रिया दिँदै महोत्तरी क्षेत्र नं. १ का जनताको भावना र आवश्यकता बुझ्दै विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइने बताए । उनले पार्टीभित्रको एकता, अनुशासन र सक्रियताले मात्र चुनावमा सफलता हासिल गर्न सकिने उल्लेख गरे ।
संयोजक महेश झाले पार्टी नेतृत्वको विश्वासप्रति आभार व्यक्त गर्दै गठित समितिले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले सबै तहका नेता तथा कार्यकर्तालाई एकजुट भई कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न आग्रह गरे ।
नेपाली कांग्रेसले मूल समितिमार्फत स्थानीय मुद्दा, विकासका एजेन्डा तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई मतदातासमक्ष पु¥याउने रणनीति तय गरेको जनाएको छ । पार्टीले महोत्तरी क्षेत्र नं. १ मा सशक्त संगठन र जनसमर्थनका आधारमा चुनावी प्रतिस्पर्धामा आत्मविश्वासका साथ अघि बढ्ने दाबी गरेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...