आज्ञा खवर
बर्दिवास, महोत्तरी
वर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले लामो समयदेखि रोकिएको वर्दिवास मेडिकल कलेजको प्रक्रिया पुनः अघि बढ्न थालेको खुलासा गरेका छन् । उनले मेडिकल कलेजको पूर्वाधार निर्माणसँग सम्बन्धित आवश्यक प्रतिबद्धता पत्र सम्बन्धित मन्त्रालयको लागि प्राप्त भएको जानकारी दिएका हुन् ।
मेयर क्षेत्रीका अनुसार डिभिजन वन कार्यालय महोत्तरीमार्फत वन तथा भू–संरक्षण विभाग, बबरमहल काठमाडौँमा प्रतिबद्धता तथा पूरक प्रतिबद्धता पत्र लिन सफल भएको भन्दै अव काम अडि वढ्ने वताए । अरुले वोल्ने मात्र हामि गर्ने हौ, नेपालि काग्रेशको नेतृत्वमा मधेश प्रदेशमा सरकार वनेपछि मुख्यमन्त्री कृष्ण यादवको साथ र सपोर्टमा यो काम गर्न सकिएको पनि मेयर क्षेत्रीले वताए । मेयर क्षेत्रीले वर्दिबास मेडिकल कलेज पुर्वाधार निर्माण विकास आयोजना कार्यालय र वर्दिवास नगरपालिकाको संयुक्त आयोजनामा मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा करीव तिनहजार पाँच सय विरुवा समेत रोपिएको थियो । डिभिजन वन कार्यालय महोत्तरीवाट प्राप्त प्रतिवद्धता पत्रले स्थानिय स्तरवाट गर्नुपर्ने सम्पुर्ण काम सम्पन्न भएको र अव वन विभाग र संघिय मन्त्रीपरिषदको कार्यालयवाट काम वाकि रहेको आयोजनाका प्रमुख निर्मल घिमिरे वताउछन् । नगर प्रमुखको निरन्तर पहलकदमि र मूख्यमन्त्रीको साथले यो पत्र प्राप्त गर्न आयोजना सफल भएको भन्दै अव प्रदेशवासिमा आश्वासन मात्र होईन मेडिकल कलेज वन्ने दिशा तर्फ गयो भनेर हाम्रो कार्यालयले वुझेको घिमिरेले वताए । यसअघि वन क्षेत्र तथा वातावरणीय स्वीकृतिसँग सम्बन्धित प्रक्रियामा ढिलाइ हुँदा मेडिकल कलेज निर्माण अगाडि बढ्न सकेको थिएन ।
“कानुनी र प्रक्रियागत अड्चनका कारण रोकिएको मेडिकल कलेजको काम अब अघि बढ्ने वातावरण बनेको छ,” नगर प्रमुख क्षेत्रीले भने, “सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर आवश्यक सबै कागजात पठाईने छ।”
बर्दिवास मेडिकल कलेजलाई मधेश प्रदेशकै महत्वपूर्ण स्वास्थ्य पूर्वाधारको रूपमा लिइएको छ । स्थानीय स्तरमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा शैक्षिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । सम्बन्धित निकायबीच समयमै समन्वय हुन सके मेडिकल कलेज निर्माण प्रक्रिया छिट्टै अघि बढ्ने विश्वास गरिएको सरोकारवालाहरूले व्यक्त गरेका छन् ।





































