आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई बिहीबार बर्दिवास नगरपालिकामा भव्य स्वागत गरिएको छ। बर्दिवास नगरपालिकाको आयोजनामा आयोजित विशेष स्वागत कार्यक्रममार्फत मुख्यमन्त्री यादवलाई नगरपालिकामा स्वागत गरिएको हो।
नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले विशेष कार्यक्रमबीच मुख्यमन्त्री यादवलाई फूलमाला र सम्मानसहित स्वागत गर्दै बर्दिवास नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरेर हार्दिक स्वागत गरेका हुँन।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले स्थानीय तह र प्रदेश सरकारबीचको सहकार्यले मात्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गरेका छन्। उनले बर्दिवास नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा गरेका प्रयासहरूको प्रशंसा गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
मतब्यकै क्रममा नगर प्रमुख क्षेत्रीले बर्दिवास नगरपालिकाका प्राथमिकता, चालु विकास योजनाहरू तथा भविष्यका आवश्यकताबारे मुख्यमन्त्रीलाई अवगत गराउँदै प्रदेश सरकारको सहयोग अपेक्षित रहेको बताए।
स्वागत कार्यक्रमपछि मुख्यमन्त्री यादव नगरपालिकाको वडानम्बर ६किसान नगर सिथ्त ट्रासोल ईनर्र्जीले गरेको भुभि पुजन कार्यक्रममा सहभागी भएका थिए।





































