बर्दिवासको सबैभन्दा पुरानो ‘किसन बहुमुखी सहकारी’को १०औँ वार्षिक साधारणसभा सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासकै सबैभन्दा पुरानो सहकारी संस्था किसन बहुमुखी सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। सञ्चालन समिति र व्यवस्थापनतर्फबाट ठोस कार्यनीति नबनाईएको कारण २०५६ सालदेखि नै निष्क्रिय बनेको यो सहकारी हाल पुनर्जीवनको प्रक्रियामा रहेको छ।

लामो समयदेखि बन्द रहेर सञ्चालनमा नआएको यो सहकारीलाई पुनः सक्रिय बनाउन हालका अध्यक्ष भानुभक्त पोखरेलको नेतृत्वमा साधारणसभा बोलाईएको हो। उनले सहकारीलाई बर्दिवास नगरका किसानहरूमाझ प्रभावकारी बनाउँदै संस्थागत पुनर्संरचना तथा कृषिमा आधारित उत्पादनमा जोड दिने लक्ष्य रहेको बताए।

साधारणसभामा संस्थाका कोषाध्यक्ष शम्भु प्रसाद भट्टराईले आर्थिक वर्ष २०८१÷८२ को आय–व्यय विवरण प्रस्तुत गरे। उनका अनुसार सहकारीको कुल खर्चः ६ लाख ४७ हजार १ सय ४५ रुपैयाँ रहेको छ।

त्यसैगरी ऋण लगानीः १ लाख ७५ हजार ६ सय ५७ रुपैयाँ
पाउनुपर्ने रकमः १३ लाख ६० हजार ६ सय ४६ रुपैयाँ,संस्थाले भुक्तानी दिनुपर्ने रकमः १४ लाख २५ हजार १ सय ४३ रुपैयाँ ८७ पैसा रहेको छ। संस्थाको बैंक नगद मौज्दातः ११ हजार ५ सय ७५ रुपैयाँ रहेको छ भने सहकारीको कुल मौज्दातः ८७ लाख ३९ हजार ५८ रुपैयाँ ६८ पैसा रहेको भट्टराईले जानकारी गराए।

सहकारीले पुनर्जीवनको प्रारम्भिक चरणमा बर्दिवास नगरपालिकाको दक्षिण भेगमा रहेका किसानलाई लक्षित गर्दै बेसार खेती तथा प्रशोधन, बिक्रि बितरण,दूध तथा दुग्धजन्य खाद्य पदार्थको उत्पादन, र बिक्री–वितरण कार्यक्रम अघि बढाइने अध्यक्ष पोखरेलले बताए। उनका अनुसार सहकारीले किसानलाई आधुनिक कृषि पद्धति, मूल्य अभिवृद्धि, र बजारको सजिलो पहुँचमा किसानलाई सहयोग पु¥याउने दीर्घकालीन योजना बनाएको छ।

साधारणसभाले सहकारीलाई दीर्घ समयपछि पुनः सक्रिय बनाउने अहिलेको प्रयास कृषक–केन्द्रित सहकारी विस्तारको महत्वपूर्ण आधार बन्ने बर्दिवासका किसानको अपेक्षा रहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...