महोत्तरीको गौशालामा एक युवकको शव फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास,महोत्तरी
महोत्तरीको गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा शनिबार बिहान एक युवकको शव फेला परेको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
इलाका प्रहरी कार्यालय गौशालाका इञ्चार्ज प्रहरी निरीक्षक रमेश लामाका अनुसार मृतक सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया निवासी २५ वर्षीय रामानन्द बैठा हुन्। घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको बताइएको छ।
स्थानीयहरूका अनुसार बैठा पछिल्लो तीन–चार वर्षदेखि गौशालास्थित विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए। केही समययता उनी स्वास्थ्य समस्याबाट ग्रस्त रहँदै आएका र ज्वरोले पीडित रहेको बताइएको छ।
प्रहरीले प्रारम्भिक अनुमानका रूपमा अत्यधिक मादक पदार्थ सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ। यद्यपि, मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ।

हाल इलाका प्रहरी कार्यालय गौशालाले घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...