धनुषाका जेनजी युवाहरू आजपामा प्रवेश,

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषाको सबैला नगरपालिका–९ कुशमाहामा दिपावली र छठ पर्वको अवसर पारेर आयोजित विशेष कार्यक्रममा जेनजी आन्दोलनसँग संलग्न युवाहरू आज (शुक्रबार) आम जनता पार्टी (आजपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि एवं आजपा अध्यक्ष पूर्वमन्त्री प्रभु साहले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीको सदस्यता प्रदान गर्दै देश र जनताको सेवामा समर्पित हुन आग्रह गरे। उनले भने,

“अब आन्दोलनको जोशलाई संस्थागत रूप दिनु आवश्यक छ। जेनजीका युवाहरूले देश परिवर्तनको नारा दिएको आन्दोलनलाई अब जनसेवामार्फत परिणाममा पु¥याउने समय आएको छ।”

अध्यक्ष साहले अघिल्लो सरकारको असफलताबारे पनि प्रहार गरे। उनका अनुसार सुशीला कार्की नेतृत्वको सरकार जनताको आशा पूरा गर्न असफल रह्यो र जेनजी आन्दोलनका हत्यारा तथा भ्रष्टाचारीलाई कारबाही गर्न नचाहँदा आन्दोलनका घाउ अझै मलिन बनेका छन्। उनले भने,

“यदि वर्तमान सरकारले पनि ती अपराधीहरूलाई कारबाही नगर्ने हो भने, त्यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने नैतिक अधिकार छैन। जनविद्रोह केवल सत्ताको अदलबदलका लागि होइन, न्याय र परिवर्तनका लागि भएको हो।”

सो अवसरमा जेनजी आन्दोलनका सक्रिय युवा आकाश मिश्रा, दिपेशकुमार साह, शैलोकुमारी साह, आशाकुमारी मण्डल, चन्दाकुमारी मण्डल लगायतका युवायुवतीहरू आजपामा प्रवेश गरेका थिए।

कार्यक्रमबारे जानकारी दिंदै आजपा सचिवालय सदस्य सुभाष साहले भने, “जेनजी पुस्ता अब आजपाको नीतिसँग जोडिएर प्रणालीगत सुधारको अभियानमा सहभागी हुनेछ। युवाको ऊर्जालाई संस्थागत राजनीतिमा रूपान्तरण गर्न यो प्रवेश ऐतिहासिक कदम हो।”

कार्यक्रममा स्थानीय बुद्धिजीवी, महिला समूह र विभिन्न क्षेत्रका युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...