वर्दिबासमा राप्रपाको भेला सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

राष्ट्रिय प्रजातन्त्र पार्टी महोत्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको दशै शुभकामना आदानप्रदान तथा संगठन विस्तारलाई लक्षित गरी भेला सम्पन्न भएको छ । जिल्लाका सबै जिम्मेवार नेता तथा क्रियाशील कार्यकर्ता को छलफलवाट सकारात्मक निष्कर्ष समेत निकालिएको पार्टिले जनाएको छ । महोत्तरी जिल्लाका क्षेत्र नम्बर १ का सल्लाहकार प्रमुख श्री नरहरी गौतम गौतमको सभापतित्वमा भएको भेलाले विभिन्न निर्णयहरु गरेको छ ।

राप्रपा महोत्तरी क्षेत्र नं. १ को आयोजनामा भएको कार्यक्रमले दशै पछि जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ । यस क्षेत्रमा संगठन विस्तारको लागि वर्दिवासका उदयिमान युवा नेता रन्जीत ढुंगाना(राधेराधे)लाई वर्दिवास नगरको संंयोजक सर्वसम्मतीले समेत तोकेको छ । यहि भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा परेर शाहदत प्राप्त गरेका शहिदहरुको आत्माको चिरशान्तीको कामना गर्दै मृतक परीवार प्रति धैर्यधारण गर्न पशुपतिनाथ संग प्रार्थना समेत गरीएको छ । साथै उक्त नरसंहार गर्ने हत्याराहरुलाई यथासिघ्र कारवाहि गर्न माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनि दिएको छ । राप्रपाको आफ्नो माग सनातन हिन्दुराज्य सहितको राजसंस्था भएको देशको लागि आन्दोलन माग पुरा नभए सम्म जारी रहने आयोजक तथा क्षेत्र नं. १ का विभाग संयोजक होम प्रसाद पोखरेल(कमल) ले जानकारी दिए

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...