जनकपुरमा तोडफोड–आगजनीगर्दै प्रहरीको राइफल लुट्ने दुई पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
जनकपुरमा गत भदौ २४ गते साँझ प्रदेश लोकसेवा आयोगको कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा संलग्न दुई जना व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एकजना जनकपुर–९ निवासी ३७ वर्षीय मनिषकुमार अधिकारी र अर्का २१ वर्षीय सन्तोषकुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूले जनकपुर–९ मा रहेको आयोगको कार्यालयमा प्रवेश गरी चारपांग्रे गाडी, मोटरसाइकल, सीसीटीभी क्यामरा लगायत सम्पत्तिमा क्षति पुर्याउनुका साथै कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरीबाट एसएलआर राइफल र ५० राउन्ड गोली लुटेका थिए।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा विभिन्न स्थानमा प्राप्त दृश्य सामाग्री (फुटेज) विश्लेषण गरी उनीहरूको पहिचान गरी नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवैजनाको साथबाट प्रहरीको एसएलआर राइफल समेत बरामद गरिएको र थप लुटपाट प्रकरणबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

यसबाहेक, जनकपुरस्थित चुरोट कारखाना, प्रदेशसभा सचिवालय, उपमहानगरपालिका लगायतका सरकारी तथा निजी संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा पक्राउ कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...