आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासस्थित सामाजिक संस्था ‘सबैका लागि हामी’ संस्थाको तेस्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। साधारण सभामा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री प्रमुख आतिथीको रुपमा उपस्थित थिए।
साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले संस्थाले गर्दै आएका सामाजिक गतिविधिले नगरभित्र सकारात्मक प्रभाव पारेको बताउँदै निरन्तर यस्ता कार्य अघि बढाउन आग्रह गरे।
यसै अवसरमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमलाई यस वर्षको ‘वर्ष व्यक्तिको रूपमा सम्मान गरिएको थियो। संस्थाले सामाजिक क्षेत्रमा गौतमले पु¥याउँदै आएका योगदानलाई उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान गरेको हो।
संसथाका निवर्तमान सदस्य रोमन निरौलाका अनुसार संस्थाले विगत दुई वर्षदेखि लागुऔषध दुर्ब्यशनी नियन्त्रण, जाडोमा न्यानो सामग्री वितरण, विद्यालयमा शैक्षिक सामग्री वितरण, खुला वक्तृत्वकला प्रतियोगिता, शैक्षिक मेला लगायतका सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। साथै, बर्दिवासको मुख्य बजार क्षेत्रमा गर्मीमा निशुल्क चिसो पिउने पानीको व्यवस्था गरेर संस्थाले उल्लेखनीय काम समेत गरेको छ।
साधारण सभाबाट संस्थाको नयाँ कार्यसमिति पनि सर्वसम्मत निर्वाचित भएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू यसप्रकार छन् ः
अध्यक्ष ः सुनिल साह
उपाध्यक्ष ः दिपेश शापकोटा
महासचिव ः विशाल दर्नाल
सचिव ः इमेश साह सोनार
कोषाध्यक्ष ः मिन बहादुर थापा
त्यस्तै, कार्यसमिति सदस्यहरूमा सन्जित कुमार लामा, अनिता खनाल, युकेश कुमार ठकुरी, सन्तोष भुमिहार, पर्शुराम चौधरी, अशोक गौतम, सागर बस्नेत र बरदानसिंह आले निर्वाचित भएका छन्।
नवनिर्वाचित नेतृत्वबारे जानकारी संस्थाकी सदस्य अनिता खनाल (अनु) ले दिएकी थिइन्।





































