औरही–१ का सुशील साहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको औरही नगरपालिका–१ का वडा सदस्य सुशील साह कार्यवाहक वडा अध्यक्ष बनेका छन्। नगरपालिकाले साउन २६ गतेको नगर प्रमुखस्तरीय निर्णयमार्फत उनलाई यो जिम्मेवारी दिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६ अनुसार वडा अध्यक्षको निधन भएमा सोही वडाका सदस्यलाई कार्यवाहकको रूपमा जिम्मेवारी दिने कानुनी व्यवस्था छ। यही प्रावधानअनुसार दिवंगत वडा अध्यक्ष योगी चौधरीको निधनपछि साहलाई अर्को निर्णय नभएसम्मका लागि पदको सम्पूर्ण कामकाज गर्ने जिम्मा तोकिएको हो।

नगरपालिकाले साहलाई प्रचलित कानुनअनुसार वडा नं. १ का कार्यवाहक वडा अध्यक्षका रूपमा आवश्यक कार्य सम्पादन गर्न अनुरोध गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...