आज्ञा खबर
बर्दिवास
मधेस प्रदेशमा फैलिएको लम्पीस्किन रोगका कारण हालसम्म १ हजार ७ सय चौपाया मृत भएको प्रदेश सरकारको तथ्यांकले देखाएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशभर ५२ हजार ६८६ पशुमा रोगको संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये २३ हजार ७०९ वटा चौपाया उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार लम्पीस्किन लाग्दा पशुमा ज्वरो आउने, शरीरभर घाउ–खटिरा देखिने र घाँस–पानी खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन्।
रोगको जोखिम घटाउन खोप अभियान सञ्चालन भइरहेको छ। हालसम्म प्रदेशभर २ लाख ४५ हजार चौपायालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ। यसमध्ये २ लाख ३१ हजार ५१५ पशुलाई विभिन्न विज्ञ केन्द्रमार्फत खोप दिइएको हो।
त्यस्तै, स्थानीय तहको पहलमा धनुषामा ५६६, सर्लाहीमा १७५ र रौतहटमा ३ हजार ७ सय चौपायालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले संक्रमित पशुको समयमै उपचार र रोग फैलन नदिन खोप अभियानलाई अझ
