आज्ञा खबर
काठमाडौँ
राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल ले पार्टीको केन्द्रीय संरचना सार्वजनिक गरेको छ। अन्तरिम विधान–२०८१ को व्यवस्थाअनुसार, पार्टीले ३१ सदस्यीय केन्द्रीय पदाधिकारी चयन गरी घोषणा गरेको हो।
गत फागुन १२ र १३ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारी छनोटको निर्णय गरे पनि त्यसको औपचारिक घोषणा केही ढिलोगरी आज सार्वजनिक गरिएको हो।
पार्टी संरचनाअन्तर्गत ४ जना वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष, ५ जना महासचिव, ७ जना सह–महासचिव, ७ जना सचिव, १ जना कोषाध्यक्ष, १ जना सह–कोषाध्यक्ष र २ जना प्रवक्ता रहने व्यवस्था गरिएको छ।
पार्टी नेतृत्वले देशको वर्तमान राजनीतिक परिप्रेक्ष्यलाई ध्यानमा राख्दै संगठनात्मक सुदृढीकरण र वैचारिक एकताको सन्देश दिन संरचनागत घोषणा गरिएको जनाएको छ। निकट भविष्यमा केन्द्रीय समिति, आयोग तथा विभागहरू पनि क्रमशः सार्वजनिक गरिने तयारी भएको बताइएको छ।





































